IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 05:45:01
IME remit
Global IME Bank Limited

नेपाल प्रहरीद्वारा जेनजी आन्दोलनमा भएको क्षतिबारे छानबिन गर्न समिति गठन

Hyundai Nepal
नेपाल प्रहरीद्वारा जेनजी आन्दोलनमा भएको क्षतिबारे छानबिन गर्न समिति गठन
Shivam Cement

काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको विध्वंसमा भएको जनधनको क्षतिबारे छानबिन गर्न आन्तरिक समिति गठन गरेको छ ।

अपराध अनुसन्धान विभागका प्रमुखसमेत रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरको नेतृत्वमा उक्त समिति गठन भएको हो। समितिमा योजना तथा अन्वेषण निर्देशनालयका डीआइजी दीपक रेग्मी तथा कार्य विभाग, मानव स्रोत विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग, विधि विज्ञान प्रयोगशालालगायतका प्रतिनिधि सदस्य रहनेछन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गठन गरेको उक्त समितिले प्रहरीबाट भएको बल प्रयोग, मानवीय क्षति, बल प्रयोगमा भएका कमजोरी तथा भदौ २४ गते भएको विध्वंसबारे विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउनु पर्नेछ ।  

समितिले छानविन गरेर १ महिनाभित्र प्रतिवेदन पेस गर्नु पर्नेछ ।  

जेनजी आन्दोलमा ३ प्रहरीसहित ७६ जनाको ज्यान गएको थियो । यस्तै २ हजार ४ सय बढी घाइते भएका थिए । आन्दोलन नियन्त्रण भन्दा बाहिर गएपछि सार्वजनिक सम्पत्ति, सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी भवन तथा कार्यालय, प्रहरी भवन, नेताका निवास लगायतमा तोडफोड तथा आगजनी भएको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.