सोमबार, जेष्ठ ४,२०८३ 12:18:13
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 12:18:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वीरगञ्ज नाकाबाट भित्रियो ८.७० अर्बको सवारी साधन, राजश्व संकलन पनि बढ्यो

Laxmi Sunrise Bank Limited
वीरगञ्ज नाकाबाट भित्रियो ८.७० अर्बको सवारी साधन, राजश्व संकलन पनि बढ्यो
Shivam Cement

काठमाण्डौ । चालु आवको पहिलो त्रैमासमा वीरगञ्ज नाकाबाट हुने सवारी साधनको आयात र राजश्व दुवै बढेको छ । उक्त नाका भएर तीन महिनाको अवधिमा ८ अर्ब ७० करोड मूल्यबराबरको सवारीसाधन आयात भएको हो ।  

वीरगञ्ज भन्सार कार्यालयले सवारी साधनको आयातबाट ७ अर्ब ७७ करोड राजश्व संकलन गरेको छ।

Bizshala
New Office
CG Motors

गत आवको तीन महिनामा भने ६ अर्ब १९ करोड मूल्यबराबरको सवारीसाधन आयात भएको थियो। उक्त अवधिमा सवारीसाधनको आयातबाट ५ अर्ब ९५ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।  

चालु आवको तीन महिनामा ३ अर्ब ४१ करोड मूल्य पर्ने २४ हजार नौ सय ३९ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएको छ। यसबाट सरकारले ३ अर्ब २८ करोड रुपैयाँबराबरको राजश्व उठाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

गत आवको सोही अवधिमा भने ४८९ अनएसेम्बल्ड मोटरसाइकल आयात भएको थियो । जसको मूल्य ३ अर्ब ४९ करोड रुपैयाँ हुन आउछ ।  

यस्तै चालु आवको तीन महिनामा  ६२ करोड २४ लाख मूल्य पर्ने ३३० जीप, कार र भ्यानको आयात भएको छ। जसबाट १ अर्ब ७५ करोड राजस्व संकलन भएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.