वीरगञ्ज भन्सारबाट ११ महिनामा १.५८ खर्ब राजश्व उठ्यो
काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयबाट ११ महिनामा १ खर्ब अर्ब बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा भन्सार कार्यालयले १ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँबराबरको राजश्व संकलन गरेको हो । यो रकम कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत हो । चालु आवमा वीरगञ्ज भन्सार कार्यालयबाट २ खर्ब १८ अर्ब ९५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ ।