सोमबार, जेष्ठ ४,२०८३ 12:18:14
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 12:18:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

साउनमा वीरगञ्ज भन्सारबाट उठ्यो १२.१६ अर्ब राजश्व

Laxmi Sunrise Bank Limited
साउनमा वीरगञ्ज भन्सारबाट उठ्यो १२.१६ अर्ब राजश्व
Shivam Cement

काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । देशको प्रमुख भन्सार नाका मानिने यो कार्यालयले साउन महिनामा यो रकमबराबरको राजश्व संकलन गरेको हो ।  

कार्यालयबाट संकलन भएको राजश्व लक्ष्यभन्दा कम हो । वीरगञ्ज भन्सार कार्यालयबाट साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिइएको थियो । तर कार्यालय लक्ष्यको ७२.११ प्रतिशत मात्रै संकलन गर्न सफल भएको छ ।  

Bizshala
New Office
CG Motors

भन्सार विभागले गत आवको साउनमा वीरगन्ज भन्सार कार्यालयलाई १५ अर्ब ६२ करोड ३७ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । सोही आवमा लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आवको पहिलो महिनामा वीरगञ्ज भन्सार हुँदै ४६ अर्ब ५९ करोड २६ लाख ९६ हजार रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । यो परिमाण गत आवको पहिलो महिनाको तुलनामा ३.५३ प्रतिशतले कम हो ।

आव २०८०/८१ को साउनमा यो भन्सार कार्यालय हुँदै ४८ अर्ब २९ करोड ६० लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो ।

चालु आवको पहिलो महिना यो भन्सार कार्यालय हुँदै स्वदेशी वस्तु निर्यातको परिमाण भने बढेको छ । चालु आवको पहिलो महिनामा दुई अर्ब ६५ करोड ६६ लाख ६८ हजार मूल्यपर्ने स्वदेशी सामान निर्यात भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.