काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयबाट ११ महिनामा १ खर्ब अर्ब बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा भन्सार कार्यालयले १ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँबराबरको राजश्व संकलन गरेको हो ।
यो रकम कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत हो । चालु आवमा वीरगञ्ज भन्सार कार्यालयबाट २ खर्ब १८ अर्ब ९५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ ।
चालु आवको ११ महिनामध्ये जेठमा सबैभन्दा धेरै राजश्व संकलन भएको हो । यो अवधिमा सबैभन्दा कम राजश्व संलकन कात्तिक महिनामा भएको थियो । उक्त महिनामा यो कार्यालयबाट ११ अर्ब १० करोड राजश्व संकलन भएको थियो । यस्तै गत साउन महिनामा यो कार्यालयबाट १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड,मंसिरमा रु १४ अर्ब ४० करोड,पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड,फागुनमा रु १४ अर्ब ६३ करोड, चैतमा भने रु १५ अर्ब ४७ करोड र वैशाखमा भने रु १५ अर्ब ७२ करोड राजश्व संकलन भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                