काठमाण्डौ । आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको कात्तिक २३ गते आइतबार बिहान बसेको सञ्चालक समितिको ३५५ औं बैठकले आर्थिक वर्ष २०८१ ८२ को मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजीको १५.७८९५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
घोषित लाभांशमध्ये सबै नगद लाभांश(कर प्रयोजनसहित) रहेको कम्पनी सचिव लक्ष्मणप्रसाद जैसीले जनाएका छन् ।
प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


