सोमबार, जेष्ठ ४,२०८३ 06:15:24
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 06:15:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१० अर्बको मर्स्याङ्दी बेसी आयोजना विस्तारतर्फ अपि पावर कम्पनी, ५० मेगावाटका उपकरण आपूर्तिका लागि ट्रोयर एजीसँग सम्झौता

Laxmi Sunrise Bank Limited
१० अर्बको मर्स्याङ्दी बेसी आयोजना विस्तारतर्फ अपि पावर कम्पनी, ५० मेगावाटका उपकरण आपूर्तिका लागि ट्रोयर एजीसँग सम्झौता
Shivam Cement

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत् उत्पादन क्षमता विस्तार गर्ने उद्देश्यसहित लमजुङको बेसीसहरमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि इलेक्ट्रो-मेकानिकल उपकरण आपूर्ति र जडान कार्य सम्बन्धी सम्झौता सम्पन्न गरेको छ।

Bizshala
New Office
CG Motors

सम्झौताअनुसार, ट्रोयर एजी, इटाली (Troyer AG, Italy) लाई आयोजनाका उपकरण आपूर्ति, जडान तथा परीक्षण कार्यको जिम्मेवारी दिइएको छ। सम्झौतामा ट्रोयर एजीका प्रमुख बिक्री विभाग प्रमुख ह्यान्सपिटर स्कोल्झोर्न, ट्रोयर हाइड्रो प्रा.लि. भारतका अध्यक्ष पवन ढकाल, र दिव्य ज्योति हाइड्रोपावर लिमिटेडका अध्यक्ष सतीश न्यौपानेले हस्ताक्षर गरेका छन्।

ट्रोयरका अनुसार, मर्स्याङ्दी बेसी आयोजना नेपालमा स्थापना हुने कम्पनीकै सबैभन्दा ठूलो फ्रान्सिस टरबाइन मध्ये एक हुनेछ। हाल ट्रोयरद्वारा आपूर्ति भएका सुपर चेपे (९.०५ मेगावाट) र ठूलो खोला (२१.३ मेगावाट) आयोजना सञ्चालनमा छन् भने मेवा खोला (५० मेगावाट), सेती खोला (२२ मेगावाट) र स्यार्पु खोला (३.३ मेगावाट) अन्तिम परीक्षण चरणमा रहेका छन्।

त्यसैगरी, कम्पनीले न्यासिम खोला (३८.५ मेगावाट), अपर खुडी (२६ मेगावाट), सभाखोला बी (३२.२५ मेगावाट), लुजा खोला (२४.९८ मेगावाट), अपर म्याग्दी (४६.२५ मेगावाट), अपर म्याग्दी–१ (५३.५ मेगावाट) र दूधपोखरी चेपे (११ मेगावाट) लगायतका आयोजना डिजाइन र निर्माणका विभिन्न चरणमा रहेका जनाएको छ।

नेपालमा दीर्घकालीन प्राविधिक सहयोग सुनिश्चित गर्न ट्रोयर एजीले हालै काठमाडौंमा वेयरहाउस स्थापना गर्दै स्थानीय प्राविधिक टोली गठन गरेको छ। यसले ग्राहकलाई छिटो मर्मत–सम्भार सेवा उपलब्ध गराउनेछ।

Garima Development Bank
Shivam Cement
IME remit

सम्झौताअनुसार, कम्पनीले आगामी दुई वर्षभित्र उपकरण आपूर्ति, जडान र परीक्षण कार्य पूरा गरी आयोजना विद्युत् उत्पादनका लागि तयार पार्नेछ।

करिब १० अर्ब रुपैयाँ (१००० करोड रुपैयाँ) लागत अनुमान गरिएको यस आयोजना संरचनामा ३० प्रतिशत इक्विटी लगानी प्रवर्द्धक समूहबाट र बाँकी ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट जुटाइनेछ। आयोजना दुई वर्ष र छ महिनाभित्र व्यावसायिक उत्पादनमा ल्याउने लक्ष्य राखिएको छ।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको उदिपुर सबस्टेशनमा जोडिनेछ, जसले राष्ट्रिय ग्रिडमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसअघि, अपि पावर कम्पनीले मर्स्याङ्दी बेसी आयोजना प्रवर्द्धक दिव्य ज्योति हाइड्रोपावर लिमिटेडका सम्पूर्ण सेयर खरिद गरी कम्पनीको पूर्ण स्वामित्व र व्यवस्थापन आफ्नो मातहतमा ल्याउने निर्णय गरेको थियो। आर्थिक र प्राविधिक मूल्यांकनपछि उक्त कम्पनीको स्वामित्व अब अपि पावर कम्पनी लिमिटेडको बहुमत भागमा रहनेछ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.