काठमाण्डौ । भर्खरै नेप्सेमा सूचीकृत भएको स्वस्तिक लघुवित्त वित्तीय संस्थाले झण्डै ४० लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्म ३९ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको हो ।
गत आवको सोही अवधिसम्म भने संस्था ७ लाख ८७ हजार रुपैयाँ घाटामा रहेको थियो ।
संस्थाको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार देखिदा नाफा बढ्न पुगेको हो । गत आवको पहिलो त्रैमाससम्म ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यो संस्थाले यस अवधिसम्म २ करोड ४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यसर्थमा संस्थाको यस्तो आम्दानी २५१.६० प्रतिशत बढेको छ ।
५ करोड ७७ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो संस्थाको रिभर्जमा एक करोड ८ लाख रुपैयाँ सञ्चित र रिटेन्ड अर्निङ १ करोड ८० लाख रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) भने ११.७६ प्रतिशतबाट बढेर १२.७६ प्रतिशत पुगेको छ । यता संस्थाको कस्ट अफ फण्ड ७.१० प्रतिशत, पूँजीकोष अनुपात १२९.५० प्रतिशत, सीडी रेसियो ९१.६१ प्रतिशत, स्प्रेड दर ७।६० प्रतिशत र बेस रेट १३.४६ प्रतिशत रहेको छ ।
संस्थाको इपीएस २७.१३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५०।०३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३.६९ गुणा र तरलता अनुपात ५३.७५ प्रतिशत रहेको छ ।
साथै सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा १ करोड ८० लाख रुपैयाँ रहेको छ । यसर्थमा संस्थाको लाभांश क्षमता ३१.३१ प्रतिशत रहेको छ ।

