मंगलवार, फाल्गुन १९,२०८२ 10:43:32
Bizshala
  • मंगलवार, फाल्गुन १९,२०८२ 10:43:32
Bizshala
Global IME Bank Limited

आम्दानी घटेसँगै कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफामा ४५% को गिरावट

आम्दानी घटेसँगै कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफामा ४५% को गिरावट
Shivam Cement

काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आवको पहिलो त्रैमाससको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफामा ४५.४४ प्रतिशतको गिरावट आएको छ । कम्पनीले यो अवधिमा २५ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानीमार्फत ८१ लाख ९८ ह जार रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २१.३३ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवमा विद्युत बिक्रीमार्फत १ करोड ४ लाख रुपैयाँ आर्जन गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले यो अवधिसम्म १७ लाख ४० हजार रुपैयाँबराबरको प्रशासनिक खर्च र ५ लाख ६७ हजार वित्त खर्च गरेको छ ।  

कम्पनीको चुक्तापूँजी १३ करोड ४० लाख रुपैयाँ छ भने रिजर्भको आकार ५ करोड ३ लाख रुपैयाँ रहेको छ । कम्पनीको दीर्घकालिन कर्जा २ करोड ६१ लाख  रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १ करोड १७ लाख र कुल चालु दायित्व ४८ लाख ५४ हजार रुपैयाँबराबर रहेको छ ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७.४५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६०.६६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३०.४० गुणा कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.