काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ०.६१ प्रतिशत अर्थात १५.७० अंकले बढेर २ हजार ५६६.०७ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले बढेर ४४३.५३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३४५ वटा स्क्रिप्टको ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर ४ अर्ब १० करोड ५४ लाख बढीको कारोबार भएको छ ।
अघिल्लो दिन ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्, ‘बजार धेरै नै घटिसकेको छ, अब विस्तारै बजार फर्किन थालेको हो । साथै मंसिर महिनामा हुने भनिएको आन्दोलनले ठूलो प्रभाव पार्ने नदेखिएकाले लगानीकर्ताहरुमा कन्फिडेन्ट बढेको देखिन्छ । सूचीकृत कम्पनीहरुको धमाधम लाभांश घोषणा पनि भइरहेको छ । लगानीकर्ताहरुले बोनस सेयर खानका लागि भएपनि लगानी गर्न थालेका छन् । अझ एक दुई दिनको बजार हेरेर लगानीकर्ताहरुले सेयरबजारमा लगानी गर्न सक्ने देखिन्छ ।’
साथै अर्का बजार जानकार कविराज तिमल्सिना भन्छन्, ‘लगातार घटेको बजारमा आज केही सुधार देखिएको छ । बजार घट्नसम्म घटेपछि आज फर्किन थालेको जस्तो देखिन्छ । लगानीका अन्य सेक्टरभन्दा सेयरबजार बढी नाफामुखी र सुरक्षित रहेकाले पनि लगानीकर्ताहरु अब मनोबल बढाएर लगानी गर्न तयार छन् । सबै माहोल राम्रो हुँदै गइो भने रियल स्टेट सेक्टरमा लगानी गर्नेहरु पनि अब सेयरबजारमा छिर्ने
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । होटल समूह सर्वाधिक बढ्यो । यो समूह आज १.२८ प्रतिशतले बढ्यो ।
यस्तै बैंकिङ समूह ०.३१ प्रतिशत, विकास बैंक १.२५, फाइनान्स ०.८९, हाईड्रो ०.९३, लगानी १.०३, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२०, लघुवित्त ०.४७, म्युचुअल फण्ड ०.०८, निर्जीवन ०.८४, अन्य ०.५३ र व्यापार समूह ०.०९ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन साहस उर्जाको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २२ करोड ९१ लाख बढीको सेयर कारोबार भयो । वरुण हाईड्रोपावरको पनि आज १५ करोड ६८ लाख, माउन्टेन इनर्जीको १३ करोड ३१ लाख, सिनर्जी पावरको ९ करोड ९३ लाख र निफ्राको ९ करोड ९१ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी,माबिलुङ इनर्जी, बुङ्गल हाईड्रो, बन्दीपुर केवलकार र झापा इनर्जीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै हिमस्टार उर्जाको सेयरमूल्य ८.७० प्रतिशत, मिड सोलु हाईड्रोको ७.०४ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.५८ प्रतिशतले बढ्यो ।
यो दिन हिमालयन पावर पार्टनरको सेयरमूल्य सर्वाधिक अर्थात २.७८ प्रतिशतले घट्यो ।

