काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.४६ प्रतिशत र निर्जीवन बीमा समूह ०.८४ प्रतिशतले बढेको छ । आज २५ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६० प्रतिशतले बढेर ६६६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, युनाइटेड अजोडको ०.९२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.७४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२० प्रतिशत, नेकोको १.४७ प्रतिशत, एनएलजीको १.५९ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.१५ प्रतिशत, प्रभुको १.३५ प्रतिशत, आरबीसीएलको ०.५२ प्रतिशत, सानिमा जिआइसीको १.०७ प्रतिशत, शिखरको ०.९१ प्रतिशत, हिमालयन रि को ०.६२ प्रतिशत र नेपाल रि को ०.६८ प्रतिशतले सेयरभाउ बढेको छ ।
साथै एशियन लाइफको ०.२२ प्रतिशत, सिटिजन लाइफको ०.२४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.७२ प्रतिशत, हिमालयन लाइफको १.०८ प्रतिशत, आइएमई लाइफको ०.२४ प्रतिशत, नेपाल लाइफको ०.६७ प्रतिशत, नेशनल लाइफको ०.५० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.८९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२५ प्रतिशत, सूर्यज्योति लाइफको १.४१ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.२२ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउनेमा हिमालयन एभरेष्ट रहेको छ । कम्पनीको सेयरभाउ ०.३७ प्रतिशतले घटेर ४८२.७० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, गार्डियन माइक्रो लाइफको ०.०५ प्रतिशत, एलआइसी नेपालको ०.३५ प्रतिशत र सन नेपाल लाइफको ०.३२ प्रतिशतले घटेको छ ।

