काठमाण्डौ । विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भईरहेको अर्थतन्त्रका रुपमा रहेको भारतमा अर्बपतिको संख्या पनि तीव्र गतिले नै बढी रहेको छ । ‘हुरुन इन्डिया रिच लिस्ट २०२३’का अनुसार भारतमा १ हजार ३१९ जनासँग १ हजार करोड भारुभन्दा अधिक सम्पत्ति रहेको छ ।
एक वर्षमा यो सूचीमा २१६ जना थपिएका छन् । यसमा २७८ जना पहिलोपटक यो सूचीमा परेका छन् । १ हजार करोड भारुभन्दा धेरै सम्पत्ति हुनेको संख्या १३ सयभन्दा बढीस पुगेको पनि यो पहिलोपटक हो ।
पछिल्लो ५ वर्षको अवधिमा यो संख्यामा ७६ प्रतिशतको वृद्धि आएको छ । भारतमा धनाढ्यको संख्या वृद्धि भईरहदा चीन, युरोप र बेलायतमा भने अर्बपतिहरुको संख्यामा गिरावट आईरहेको छ ।
हुरुन ग्लोबल एउटा रिसर्च ग्रुप हो । जसले विश्वभरका सबैभन्दा धेरै धनी व्यक्तिहरुको सूची प्रकाशित गर्ने गर्छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                         
                                        (193).jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                