सोमबार, जेष्ठ ४,२०८३ 04:46:58
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:46:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एमाले प्रदर्शनका कारण काठमाडौँका प्रमुख रुटमा सवारी आवागमन अस्तव्यस्त

Laxmi Sunrise Bank Limited
एमाले प्रदर्शनका कारण काठमाडौँका प्रमुख रुटमा सवारी आवागमन अस्तव्यस्त
Shivam Cement

काठमाण्डौ । नेकपा एमालेले आज भृकुटीमण्डप क्षेत्रमा आयोजना गरेको प्रदर्शन र जनसभाका कारण राजधानीका मुख्य सडक रुटहरूमा सवारी आवागमन निकै अस्तव्यस्त बनेको छ। बिहानदेखि प्रदर्शनस्थलतर्फ बढिरहेको भीड र र्‍यालीको दबाबले प्रदर्शनीमार्ग आसपासको यातायात प्रभावित बनेपछि प्रहरीले तत्काल वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिएको हो।

Bizshala
New Office
CG Motors

प्रहरीका अनुसार प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई अहिले पद्मोदय मोड र सभागृह मोडबाट अन्यत्र डाइभर्ट गरिएको छ। त्यस्तै, टुँडिखेल परिधिमा चल्ने गाडीहरू पनि र्‍यालीको गतिविधिका कारण बीच–बीचमा रोकिनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ।

यातायात व्यवस्थापन कठिन बन्दै गएपछि प्रहरीले राजधानीबासीलाई सम्भव भए वैकल्पिक मार्ग छनोट गर्न आग्रह गरेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी’ नाराका साथ एमालेले आयोजना गरेको वृहत जनसभामा राजधानीका विभिन्न स्थानबाट नेता–कार्यकर्ता जुलुससहित भृकुटीमण्डप प्रवेश गरिरहेका छन्। उक्त जनसभा बागमती प्रदेश कमिटीको संयोजनमा भइरहेको हो।

बढ्दो भीड र सुरक्षा सतर्कताका कारण काठमाडौँका प्रमुख चोक तथा भृकुटीमण्डप वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.