सोमबार, जेष्ठ ४,२०८३ 04:47:01
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:47:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध मुद्दा

Laxmi Sunrise Bank Limited
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध मुद्दा
Shivam Cement

काठमाण्डौ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको आरोपमा पाँच पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।

मुद्दामा चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड समेत विपक्षीका रूपमा समावेश गरिएको छ। प्रतिवादी बनाइने पूर्वमन्त्रीहरूमा रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ, भीम आचार्य र स्वर्गीय पोस्टबहादुर बोगटी रहेका छन्। उनीहरूको कार्यकालमा निर्णय प्रक्रियामा संलग्न १० जना पूर्वसचिव पनि मुद्दामा सूचीकृत छन्।

Bizshala
New Office
CG Motors

आयोगले प्राप्त प्रमाणका आधारमा विमानस्थल निर्माणमा ठेक्का प्रक्रिया, मूल्याङ्कन तथा प्राविधिक कार्य सम्पादनमा गम्भीर अनियमितता भएको दाबी गरेको छ।

आयोगले दायर गर्न लागेको मुद्दामा पूर्वसचिव सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा लगायतलाईसमेत प्रतिवादी बनाएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

यसअघि संसदीय समितिले उद्धृत गरेका विभिन्न निकायका कर्मचारीहरूमध्ये नागरिक उड्डयन प्राधिकरणका महा–निर्देशक प्रदीप अधिकारी सहितका अधिकारीहरूलाई पनि आरोपपत्रमा समेटिएको छ।

अख्तियारका अनुसार विमानस्थल निर्माण प्रक्रियामा कूल ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बिगो कायम भएको छ। मुद्दा विशेष अदालतमा दायर गर्ने तयारी अन्तिम चरणमा रहेको बताइएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.