काठमाण्डौ । शोधनान्तर स्थिति सवा ३ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ४ महिनासम्ममा शोधानान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोड रुपैयाँले बचतमा रहेको हो । गत आवको सोही अवधिसम्मको तुलनामा शोधनान्तर स्थिति ५४.६९ प्रतिशतले बृद्धि भएको छ ।
गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ०५ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको थियो । समीक्षा अवधिमा चालु खाता रु.२ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको छ ।
गत वर्षको सोही अवधिमा चालु खाता रु.१ खर्ब ४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो । यसर्थमा चालु खाता ८९.२३ प्रतिशत बृद्धि भएको छ । सो अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.६ अर्ब २१ करोड रहेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु. २ अर्ब ४७ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.२ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.५ अर्ब ७६ करोड रहेको थियो । यसर्थमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) गत आवको तुलनामा ५६.७७ प्रतिशत घट्न पुगेको छ ।

