काठमाण्डौ । केही समयअघि सुस्ताएको घरजग्गा कारोबार फेरी चलायमान हुन थालेको छ । चालु आवको मंसिर महिनामा ५१ हजार भन्दा बढी घरजग्गा कारोबार भएको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार मंसिर महिनामा मात्रै ५१ हजार ५ सय संख्यामा घरजग्गा कारोबार भएको छ । जुन अघिल्लो महिना अर्थात् कात्तिक महिनाको तुलनामा ८२ प्रतिशत बढी हो । कात्तिक महिनामा २८ हजार तीन सय संख्यामा घरजग्गा किनबेच भएको थियो ।
कारोबार बढेसँगै राजस्व पनि बढेको छ । मंसिरमा ५१ हजार ६ सय संख्यामा घरजग्गा कारोबार हुँदा सरकारलाई ४ अर्ब ८४ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ । कात्तिकमा दुई अर्ब ७४ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ ।

