काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य ठहरिनेछन् ।
कम्पनीको सञ्चालक समितिले गत आवका लागि ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल २१.०५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।
कम्पनीले लाभांश पारित गर्न आगामी पुस १९ गते विरगञ्जमा रहेको होटल भिष्वामा बिहान ९ बजेदेखि २६ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ ।

