काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा कायम भएको छ । नेप्समा सूचीकृत ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै सूचक घटेका छन् ।
जीवन बीमा समूह १.५२ प्रतिशत र निर्जीवन बीमा समूह ०.८० प्रतिशतले घटेको छ । आज ३ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । हिमालयन एभरेष्टको सेयरभाउ १.१८ प्रतिशत, सलिकोको ०.८४ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.२६ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ २.९७ प्रतिशतले घटेर ८९०.७० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एलआइसी नेपालको ०.६९ प्रतिशत, सिटिजन लाइफको ०.७५ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.१४ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.५२ प्रतिशत, हिमालयन लाइफको ०.८० प्रतिशत, आइएमई लाइफको १.६६ प्रतिशत, नेपाल लाइफको ०.५५ प्रतिशत, नेशनल लाइफको ०.३३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.३८ प्रतिशत, रिलायबल नेपाल लाइफको २.८५ प्रतिशत, सूर्यज्योति लाइफको ४.४२ प्रतिशत, सन नेपाल लाइफको १.३६ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.८६ प्रतिशतले घटेको छ ।
यसका साथै आइजीआई प्रुडेन्सियलको १.२३ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.९२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.८२ प्रतिशत, एनएलजीको ०.२९ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको २.७६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.९० प्रतिशत, आरबीसीएलको १.९३ प्रतिशत, सानिमा जिआइसीको १.१७ प्रतिशत, शिखरको ०.६३ प्रतिशत, युनाइटेड अजोडको ०.४४ प्रतिशत, हिमालयन रि को १.५६ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.२१ प्रतिशतले घटेको छ ।

