काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक आज ४.७८ अंकले बढेर २०३५ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये ८ वटा समूहमा हरियाली छाएको छ भने ५ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन बीमा सूचक ०.२८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.६६ प्रतिशतले घटेको छ ।
आज ११ वटा बीमा कम्पनीको सेयरभाउ बढेका छन् । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सिटिजन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २ प्रतिशलते बढेर ४५३.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, एलआइसी नेपालको १.४२ प्रतिशत, सन नेपाल लाइफको ०.५० प्रतिशत, एशियन लाइफको ०.३८ प्रतिशत, हिमालयन रि को ०.३५ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.२७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२३ प्रतिशत, सुर्यज्योति लाइफको ०.२० प्रतिशत, युनाइटेड अजोडको ०.१९ प्रतिशत, हिमालयन लाइफको ०.१३ प्रतिशत र नेशनल लाइफको ०.०९ प्रतिशतले सेयरभाउ बढेको छ ।
त्यस्तै, आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ आज एकैदिन १.०५ प्रतिशत अर्थात १४२.९० रुपैयाँले घटेर १३५००.१० रुपैयाँ कायम भएको छ ।
यसका साथै सलिकोको १.०४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.८९ प्रतिशत, एनएलजीको ०.८५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७१ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.६९ प्रतिशत, आइएमई लाइफको ०।६९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६५ प्रतिशत, सानिमा जिआइसीको ०.४८ प्रतिशत, हिमालयन एभरेष्टको ०.४६ प्रतिशत, शिखरको ०.३९ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.३८ प्रतिशत, नेपाल लाइफको ०.१७ प्रतिशत र नेको इन्स्योरेन्सको ०.१२ प्रतिशतले सेयरभाउ घटेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (260).jpg) 
                                        .jpg) 
                                        .png) 
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                