काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट म्युचुअल फण्ड निष्कासन गर्न स्वीकृति पाएको छ ।
कम्पनीले ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक बन्दमुखी योजना निष्कासनको लागि पुस १३ गते बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले अंकित १ अर्ब ६० करोड रुपैयाँबराबरको रु. १० अंकित दरका १६ करोड इकाई बिक्री गर्न अनुमति पाएको छ ।

