काठमाण्डौ । सुम्निमा हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीले माघ ९ गते ललितपुरको मानभवनमा रहेको क्रिष्टल ब्याङ्क्वेटमा बिहान १० बजेर ४५ मिनेटदेखि सभा आयोजना गर्न निर्णय गरेको छ ।
उक्त सभामा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र आम सर्वसाधारणलाई आईपीओ निष्कmासन गर्नेू, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, चुक्तापूँजी र सञ्चित मुनाफाको योगमा बढ्ने गरी बैंक ऋण लिने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तिदयारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यसका साथै गत आवको वार्षिक प्रतिवेदन तथा सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

