काठमाण्डौ । पछिल्लो समय चाँदीको मूल्य उल्लेखनीय रुपमा बढिरहेको छ। केही समयअघि अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ८० डलर पार गरेको थियो । तर पछिल्लो कारोबारमा भने करेक्सन हुँदै चाँदीको मूल्य प्रतिऔंस ७२ डलरमा सीमित बनेको छ ।
चाँदीको मूल्यमा देखिएको यस असाधारण उतार–चढावले बजार विश्लेषक र व्यापारीहरूबीच व्यापक चर्चा सुरु भएको छ । चाँदी अन्य धातुको तुलनामा तीव्र गतिमा महँगो हुँदै गएकोले यो वृद्धिले दीर्घकालीन रूपमा निरन्तरता पाउँछ कि नपाउँछ भन्ने प्रश्न उठ्न थालेको छ।
यसैबीच ‘रिच ड्याड पोअर ड्याड’ पुस्तकका लेखक र चर्चित लगानी गुरु रॉबर्ट कियोसाकीले चाँदीको मूल्य वृद्धिलाई लिएर सतर्कता अपनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्स एक्समा पोस्ट गर्दै ‘के चाँदीको मूल्यमा बनेको बबल बिस्फोट हुनेवाला छ ?’ भनेर प्रश्न गरेका छन् ।
कियोसाकीले आफू लामो समयदेखि चाँदीको समर्थक रहेको उल्लेख गर्दै सन् १९६५ मा पहिलो पटक चाँदी खरिद गरेको जानकारी दिएका छन्। तर हाल देखिएको तीव्र मूल्य वृद्धि एकाएक घट्ने भय उत्पन्न भएको उनले बताएका छन् । उनले आगामी दिनमा चाँदीको मूल्य तीव्र गतिमा ओरालो लाग्न सक्ने चेतावनी समेत दिएका छन्।
कियोसाकीले लगानीकर्तालाई हतार नगर्न सल्लाह दिएका छन्। ‘यदि तपाईं चाँदीमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने धैर्य गर्नुहोस्। मूल्य घट्ने प्रतीक्षा गर्नुहोस्, त्यसपछि मात्र लगानी गर्ने वा नगर्ने निर्णय लिनुहोस्,’ उनले भनेका छन्।
यद्यपि, दीर्घकालीन रूपमा चाँदीको भविष्यप्रति उनी आशावादी देखिन्छन्। उनका अनुसार सन् २०२६ सम्म चाँदीको मूल्य प्रतिऔंस १०० डलर र सम्भवतः २०० डलरसम्म पुग्न सक्छ। उनले आफ्नो ‘रिच ड्याड’ दर्शन दोहोर्याउँदै भनेका छन्, ‘मुनाफा बेच्दा होइन, किन्दा तय हुन्छ।’गरेको छ।

