काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का निवर्तमान अध्यक्ष प्रविणकुमार झा वर्ष सन् २०२६ का लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेट्स (साफा)को उपाध्यक्ष मनोनीत भएका छन् । उनको कार्यकाल सन् २०२६ को जनवरी १ बाट सुरु भइसकेको छ ।
आइक्यानले यो मनोनयनलाई नेपाली लेखा व्यवसायको क्षेत्रीय स्तरमा बढ्दो मान्यताको प्रतिबिम्ब मानेको छ । यसअघि आइक्यानका पूर्वअध्यक्षहरु सीए कोमलबहादुर चित्रकार र सीए डा. सुवोधकुमार कर्णले क्रमशः सन् २०१० र २०१८ मा अध्यक्षको रुपमा साफाको नेतृत्व गरेका थिए ।
आइक्यानले नयाँ जिम्मेवारीका लागि सीए प्रविणकुमार झालाई बधाई ज्ञापन गर्दै उनको नेतृत्वले क्षेत्रीय सहकार्य र दक्षिण एसिया क्षेत्रमा लेखा व्यवसायलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।

