सोमबार, जेष्ठ ४,२०८३ 01:44:43
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:44:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१.३३ लाख निर्वाचन प्रहरीका लागि खुल्यो भर्ना, के–के चाहिन्छ योग्यता ?

Laxmi Sunrise Bank Limited
१.३३ लाख निर्वाचन प्रहरीका लागि खुल्यो भर्ना, के–के चाहिन्छ योग्यता ?
Shivam Cement

काठमाण्डौ । नेपाल प्रहरीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी (म्यादी) का लागि भर्ना खुलाएको छ। नेपाल प्रहरीको मानवस्रोत विकास भर्ना छनौट शाखाले एक सूचना जारी गर्दै १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरीका लागि भर्ना आवेदन खुलाएको हो ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ। निर्वाचन प्रहरीमा सहभागी हुन इच्छुक नेपाली नागरिकलाई माघ १० गतेसम्म आवेदन दिन आह्वान गरिएको छ।

प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्तिहरूले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। साथै २०८२ पुससम्म सेना, प्रहरी र सशस्त्र प्रहरीमा आवेदन दिएका व्यक्तिहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ।

Bizshala
New Office
CG Motors

यसअघि भएका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका व्यक्ति तथा विदेशी फौजमा सेवा अनुभव भएका आवेदकलाई समेत प्राथमिकता दिइने जनाइएको छ। यस्तै विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नागरिकलाई समेत प्राथमिकतामा राखिनेछ ।

आवेदन दिने व्यक्ति साधारण लेखपढ गर्न जान्ने,नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनैतिक दलको सदस्य नरहेको,शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतङ्ककारी एवम् विध्वंसात्मक संगठनको सदस्य नरहेको, पुरुषको हकमा घटीमा उचाई ५ फिट, छाती ३१–३३ इन्च, तौल ५० केजी र महिलाको हकमा घटीमा उचाई ४ फिट १० इन्च, तौल ४२ केजी भएको, महिलाको हकमा गर्भवती नभएको÷ नरहेको हुनु पर्नेछ ।

Garima Development Bank
Shivam Cement
IME remit

छनोट माघ ५ गतेदेखि ९ गतेसम्म हुनेछ भने अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिनेछ । छनौट भएकाको प्रशिक्षण(तालिम) माघ १५ गतेदेखि २४ गतेसम्म हुनेछ ।

निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम हुनेछ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.