आईतवार, जेष्ठ ३,२०८३ 06:42:08
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:42:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पाँच महिनामा सरकारी खर्च ५ खर्ब ६४ अर्ब नाघ्यो

Laxmi Sunrise Bank Limited
पाँच महिनामा सरकारी खर्च ५ खर्ब ६४ अर्ब नाघ्यो
Shivam Cement

काठमाण्डौ। नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा कुल रु. ५ खर्ब ६४ अर्ब ४६ करोड खर्च गरेको छ। अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रक कार्यालयका अनुसार समीक्षा अवधिमा चालु, पुँजीगत तथा वित्तीय व्यवस्थातर्फ खर्च वृद्धि भएको देखिएको छ।

उक्त अवधिमा चालु खर्च रु। ३९८ अर्ब ५ करोड, पुँजीगत खर्च रु. ३३ अर्ब ८७ करोड र वित्तीय व्यवस्थातर्फ रु. १३२ अर्ब ५४ करोड खर्च भएको छ।

Bizshala
New Office
CG Motors

यसैगरी, समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन रु. ४ खर्ब ६ अर्ब ३० करोड पुगेको छ। यसमा प्रदेश तथा स्थानीय सरकारलाई बाँडफाँड हुने रकमसमेत समावेश गरिएको छ। कुल राजस्वमध्ये कर राजस्व रु. ३ खर्ब ८२ अर्ब २३ करोड र गैरकर राजस्व रु. २४ अर्ब ७ करोड संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

यसबीच, सरकारको नगद मौज्दातमा उल्लेखनीय वृद्धि भएको छ। २०८२ मङ्सिर मसान्तसम्म नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु. २ खर्ब ५३ अर्ब २ करोड नगद मौज्दात रहेको छ, जसमा प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत समावेश छ। अघिल्लो आर्थिक वर्षको २०८२ असार मसान्तमा यस्तो मौज्दात रु. १ खर्ब ३० अर्ब ७३ करोड मात्र रहेको थियो। 

समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च रु.२९ अर्ब १ करोड र स्रोत परिचालन रु.७४ अर्ब ८४ करोड रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँड हुने राजस्वसमेत गरी रु.५७ अर्ब ५१ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.१७ अर्ब ३२ करोड रहेको छ 

खर्चको तुलनामा राजस्व संकलन कमजोर देखिए पनि नगद मौज्दात बढ्नुले सरकारी वित्तीय व्यवस्थापनमा केही सुधार देखिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.