काठमाण्डौ । बिहिबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सुन्धारा सेक्युरिटिज, नासा सेक्युरिटिज, एप्पल सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, आरबीबी सेक्युरिटिज, जेबीएनएल सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज, भिजन सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा भने अनलाइन सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट ९० करोड ९५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.७२ प्रतिशत सेयर खरिद भएको छ भने ५०.२८ प्रतिशत सेयर बिक्री भएको छ ।


