काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको स्थगित साधारण सभा पुनः डाकिएको छ । पुस २९ गतेका लागि बोलाइएको कम्पनीको १४ औं वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो । सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ ८ गतेका दिन काठमाण्डौको गौशालामा रहेको होटल कृष्टलमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित आव २०८१/८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरि पारित गर्ने, आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको बैठक भत्ता तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।

