काठमाण्डौ । सुप्रिम हेल्थकेयर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीले बोर्डमा माघ ६ गते आवेदन दिएको हो ।
कम्पनीले १४ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका १४ लाख कित्ता आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएको छ ।
बोर्डको अनुमतिसँगै कम्पनीले आम सर्वसाधारणमा उक्त आईपीओ जारी गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

