काठमाण्डौ । यूनिटेक हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओको प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । माघ ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ २९ गते काठमाण्डौको रविभवनमा रहेको होटल क्राउन प्लाजामा दिउँसो २ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

