काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.२८ रुपैयाँ र बिक्रीदर १४४.८८ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७०.११ रुपैयाँ र बिक्रीदर १७०.८२ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९६.३१ रुपैयाँ र बिक्रीदर १९७.१२ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १००.७३ रुपैयाँ र बिक्रीदर १०१.१५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२८ रुपैयाँ र बिक्रीदर ३९.४४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.७९ रुपैयाँ र बिक्रीदर २०.८७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.५८ रुपैयाँ र बिक्रीदर ३९.७५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८४ रुपैयाँ र बिक्रीदर ९.८८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७२.१२ रुपैयाँ र बिक्रीदर ४७४.०८ रुपैयाँ कायम भएको छ ।

