शुक्रबार, बैशाख ४,२०८३ 11:52:21
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 11:52:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धितोपत्र बजार पूँजीकरण बढाउन उत्पादन तथा प्रशोधन समूह अब्बल, कुन समूहको कति ?

Bizshala
धितोपत्र बजार पूँजीकरण बढाउन उत्पादन तथा प्रशोधन समूह अब्बल, कुन समूहको कति ?
Shivam Cement

काठमाण्डौ । धितोपत्र बजारमा पूँजीकरण बढाउन सबैभन्दा उत्पादन तथा प्रशोधन समूह अब्बल देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म यो समूहको धितोपत्र बजार पूँजीकरण ३ खर्ब ४ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

यो पूँजीकरण गत आवको सोही अवधिसम्मको तुलनामा ३५.४९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म यो समूहको धितोपत्र बजार पूँजीकरण २ खर्ब २४ अर्ब ८० करोड २५ लाख रुपैयाँ थियो ।

धितोपत्र बजार पूँजीकरण धेरै घटकहरुको संयोजनबाट बढ्ने गर्दछ । बजारमा सूचीकृत रहेका काम्पनीहरुको कुल बजार मूल्य नै बजार पुँजीकरण हो । सूचीकृत कम्पनीको सेयरको मूल्य र त्यसको कुल संख्या गुणा गरेर पुँजीकरण गणना गरिन्छ ।  

बजार पुँजीकरण बढ्नमा कम्पनीहरुको सेयरभाउमा बृद्धि, नयाँ कम्पनीहरुको सूचीकरण, बोनस सेयर सूचीकरण, बजारको बृद्धि, रिटेल र संस्थागत लगानीकर्ताको बृद्धि र सकारात्मक आर्थिक संकेतहरुले धितोपत्र बजार पुँजीकरण बढाउन सहयोग पुर्याउँदछ । साथै कम्पनीको मुनाफाले पनि पुँजीकरण बढाउनमा सहयोग पुर्याउछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

चालु आवको दोस्रो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २८४ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ हाइड्रोपावर कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८१ पुसमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो ।

यसर्थमा एक वर्षमा नेप्सेमा १७ वटा नयाँ कम्पनी थपिएका छन् । जसमा बैंक वित्तीय संस्था समूहको ३ कम्पनी, ६ वटा हाइड्रो, ४ वटा उत्पादन तथा प्रशोधन समूह, एउटा होटल र ३ अन्य समूहका कम्पनी छन् ।

CG Motors
Garima Development Bank
IME remit

चालु आवको दोस्रो त्रैमासम्म धितोपत्र बजार पूँजीकरण ४४ खर्ब ३५ अर्ब ३ करोड १७ लाख रुपैयाँ पुगेको छ । जुन यो गत आवको सोही अवधिसम्म्को तुलनामा ३.०७ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म धितोपत्र बजार पूँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ थियो ।

होटल समूह, विकास बैंक समूह, उत्पादन तथा प्रशोधन समूह, लगानी समूह, माइक्रोफाइनान्स समूह, वाण्ज्यि बैंक र अन्य समूहको बजार पूँजीकरण हिस्सा बढेको छ भने हाइड्रो समूह, बीमा समूह, व्यापार समूह र फाइनान्स समूहको बजार पूँजीकरण भने घटेको छ ।

त्यस्तै, दोस्रो धेरै पूँजीकरण बढाउने समूहमा अन्य समूह रहेको छ । यो समूहको बजार पूँजीकरण २६.१५ प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमाससम्म ३ खर्ब ६५ अर्ब २९ करोड रुपैयाँ रहेको धितोपत्र बजार पूँजीकरण चालु आवको दोस्रो त्रैमाससम्म ४ खर्ब ६० अर्बै ८१ करोड रुपैयाँ पुगेको छ ।

 

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.