शुक्रबार, बैशाख ४,२०८३ 10:18:08
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 10:18:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा झिनो गिरावट,‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’

Bizshala
नेप्सेमा झिनो गिरावट,‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०४ अंकले घटेर २ हजार ६६२.०९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१७ प्रतिशतले बढेर ४५५.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड २२ लाख बढीको सेयर कारोबार भयो । अघिल्ला दिन भने ८ अर्ब १६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार जानकार कविराज तिमिल्सिना भन्छन्, ‘सेयरबजारमा एक चरणको नाफा बुक हुँदा करेक्सन देखिएको छ । अहिलेको अवस्था हेर्दा बजारमा करेक्सन फेज नै चलेको जस्तो देखिन्छ । लगानीकर्ताहरु चुनावी माहोल कस्तो बन्दै जान्छ भनि पर्ख र हेरको अवस्थामा बसेका छन् । केही लगानीकर्तारुमा अझैपनि लगानी गर्ने वा नगर्ने भन्ने विषयमा अन्योलता कायम रहेकाले मार्केटले गति लिन सकिरहेको छैन ।’

उनले थपे, ‘अहिले सूचीकृृत कमपनीहरुको रिर्पोटहरु पनि राम्रै आइरहेको छ । योसँगै देशको आर्थिक अवस्थाका सूचकहरु पनि राम्रा देखिएका छन् । यद्यपी अब बजारमा सेक्टर रोटेसन हुँदै विस्तारै–विस्तारै बजारले लय समाउँदै जानेछ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । आज हाईड्रो समूह सर्वाधिक अर्थात ०.४७ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१०, विकास बैंक ०.१८, लगानी ०.०७ र निर्जीवन बीमा समूह ०.०८ प्रतिशतले बढे ।

होटल समूह सर्वाधिक अर्थात ०.६३ प्रतिशतले घटेको आज फाइनान्स समूह ०.२५, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.०६, म्युचुअल फण्ड ०.३६, अन्य ०.२४ र व्यापार समूह ०.२३ प्रतिशतले घट्यो ।

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

आज रिडी पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६५ करोड ४७ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, आँखुखोला जलविद्युतको ६२ करोड १३ लाख, सिंगटी हाईड्रोको ५८ करोड ७६ लाख, एसवाई प्यानल नेपालको २७ करोड ४९ लाख र युनियन हाईड्रोपावरको २६ करोड ७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज रिडि पावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। यस्तै आज सिंगटी हाईड्रोको सेयरमूल्य ८.६८ प्रतिशत, आँखुखोला जलविद्युतको ७.२१, घलेम्दी हाईड्रोको ५.६९ र पिपुल्स हाईड्रोको सेयरमूल्य ४.७३ प्रतिशतले बढ्यो ।

सुपरमाई हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.३९ प्रतिशतले घट्यो । यस्तै शुभम् पावरको सेयरमूल्य ६.२१ प्रतिशत र क्रेष्ट माईक्रो लाइफको सेयरमूल्य ५.८० प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.