शुक्रबार, बैशाख ४,२०८३ 08:41:04
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:41:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिद्धार्थ फर्मास्युटीकल्सले सर्वसाधारणका लागि १० लाख कित्ता आईपीओ जारी गर्ने

Bizshala
सिद्धार्थ फर्मास्युटीकल्सले सर्वसाधारणका लागि १० लाख कित्ता आईपीओ जारी गर्ने
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने भएको छ । यस निष्कासनका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता सेयर सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा माघ २७ गते काठमाण्डौ नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. ऋषिराम शर्मा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट चिफ बिजनेश अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गरे ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विसं २०४३ माघ ११ गते स्थापना भई औपचारिक रुपमा २०४६ सालदेखी उत्पादन गरिरहेको सिद्धार्थ फर्मास्युटिकल्सले गुणस्तरीय, सुरक्षित तथा किफायती औषधि उत्पादन मार्फत नेपाली स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ । कम्पनीले डब्लूएचओ–जीएमपी÷नेशनल–जीएमपी प्रमाणपत्र प्राप्त गरेको छ ।

CG Motors
Garima Development Bank
IME remit

कम्पनीको मूल लक्ष्य कुनै पनि बिरामी उच्च गुणस्तरीय र किफायती औषधिबाट वञ्चित नहोस भन्ने विश्वासमा आधारित रहेको कम्पनीले जनाएको छ । यस कम्पनीको अत्याधुनिक उत्पादन प्लान्ट रुपन्देही जिल्लाको तिलोत्तमा–१५ मा रहेको छ । 

यस प्लान्टको भौतिक संरचना तथा उत्पादन प्रक्रिया डब्लूएचओ–जीएमपी मापदण्ड अनुरूप रहेका छन्, जसको उद्देश्य ग्राहकको आवश्यकता पूरा गर्दै उच्चतम गुणस्तरका उत्पादनहरू सुनिश्चित गर्नु रहेको छ ।  कम्पनीका सबै इकाईहरूमा गुणस्तरीय अत्याधुनिक र विश्वस्तरीय उपकरणहरू रहेका छन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.