आईतवार, जेष्ठ ३,२०८३ 10:52:21
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:52:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भक्तपुर उवासंघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

Laxmi Sunrise Bank Limited
भक्तपुर उवासंघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न
Shivam Cement

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघले बुधबार योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको छ । धुलिखेलस्थित हिमालय दृश्य होटलको हलमा योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले विभिन्न आन्दोलन र प्रदर्शनका क्रममा निजी क्षेत्रले धेरै प्रहार खेप्नुपरेको बताए । देशमा उत्पन्न विभिन्न घटनाक्रमका कारण मार खेपिरहेका उद्योग व्यवसायीहरुको मनोबल उकास्नको लागि जिल्ला उद्योग वाणिज्य संघहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले उद्योगी व्यवसायीहरुको हितका लागि कार्यक्रम बनाउन योजना तर्जुमा कार्यशाला गोष्ठी सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।

संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले गोष्ठीमा सहभागीहरुलाई स्वागत गर्दै संस्थागत विकास र सदस्यहरुको हित लगायत संघको लक्ष्य परिपूर्तिका लागि आगामी दुई वर्षभित्र सञ्चालन हुने गतिविधिहरु पहिचान गर्न योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरिएको बताए । उनले गोष्ठीबाट प्रतिफलमुखी र परिणामुखी योजना तथा कार्यक्रम निर्माण हुने विश्वास व्यक्त गरे ।

Bizshala
New Office
CG Motors

गोष्ठीबाट तय भएका योजना तथा कार्यक्रम कार्यान्वयन भएमा मात्रै गोष्ठी गर्नुको उद्देश्यले सार्थकता पाउने भन्दै उनले कार्यान्वयनका लागि पदाधिकारी एवं कार्यसमितिका सम्पूर्ण सदस्यहरु र कर्मचारीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

संघका सचिव एवं कार्यक्रम संयोजक गौतम सुजखूले संघलाई अझ सुदृढ तथा विकसित बनाउदै सदस्य तथा जिल्ला भित्रका उद्योगी–व्यवसायीहरुलाई सेवा विस्तार गर्न प्रत्येक नया“ कार्यसमितिबाट आफ्नो कार्यकालको लागि रणनीतिक कार्ययोजना तर्जुमा गर्दै संघलाई अगाडि बढाउने अभ्यास हु“दै आएको जानकारी दिए ।

उनले गत पुस २५ र २६ गते सम्पन्न संघको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट कृष्णमुरारी न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै आगामी दुई वर्षे कार्यकालको लागि नीति तथा कार्यक्रम पहिचान गर्न योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरिएको बताए ।

Garima Development Bank
Shivam Cement
IME remit

गोष्ठीमा सहभागीहरुबीच व्यापक छलफल गरी मुख्य रुपमा पाँचवटा विषयमा लक्ष्य प्राप्त गर्न विभिन्न कार्यक्रमहरु तय गरिएको छ । कार्यसमितिको भूमिका, सदस्यहरुको हित, आर्थिक व्यवस्थापन, सम्बन्ध विस्तार लगायतका विषयमा केन्द्रित रहेर छलफल भएको संघले जनाएको छ ।

गोष्ठीमा अजय प्रधानाङ्गले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । गोष्ठीमा संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरु, पूर्वअध्यक्ष एवं सल्लाहकारहरु र कर्मचारीहरु सहभागी भएका थिए ।

गोष्ठी समापन कार्यक्रममा संघका अध्यक्ष न्यौपानेले सहजकर्ता प्रधानाङ्गलाई माया चिनोस्वरुप मयुर झ्याल प्रदान गरे । वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले गोष्ठीमा सहभागी, गोष्ठी सञ्चालनको लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.