शुक्रबार, बैशाख ४,२०८३ 06:55:22
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 06:55:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगातार ३ दिन बढ्यो सेयरबजार, साढे चार अर्ब बढीको कारोबार

Bizshala
लगातार ३ दिन बढ्यो सेयरबजार, साढे चार अर्ब बढीको कारोबार
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.३९ प्रतिशत अर्थात् १०.३० अंकले बढेर २ हजार ६४८.९० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२६ प्रतिशतले बढेर ४५४.५७ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३३३ वटा स्क्रिप्टका १ करोड ४ लाख ५६ हजार ९८० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो कारोबार दिन भने ४ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार जानकार अजय सिं थापा (जय शम्भु)भन्छन्, ‘केही दिनयता लगातार घटेको सेयरबजारमा दुई दिनयता सुधार देखिएको छ, तर बजारको अवस्था हेर्दा अहिले करेक्सनकै प्याटर्न हो । बजार लगातार घट्दा थोरै सम्हालिएको मात्रै हो । अहिले बजारमा भोल्युम पनि खासै छैन । नेप्सेको चार्टमा हेर्दा १०–१५ जना भन्दा बढी खरिदकर्ता पनि छैनन् । डिमाण्ड र सप्लाई खासै नदेखिएकाले बजारमा कारोबार बढ्न नसक्दा यसको खासै अर्थ नै छैन । अहिलेको बजारलाई करेक्टिभ र्यालीकै प्याटर्न मान्न सकिन्छ । चुनावको रिजल्ट आएपछि सम्भवतः बजार ३ हजारको विन्दुसम्म पुग्न पनि सक्छ तर क्याण्ड स्टिक हेर्दा बजार खासै पोजेटिभ हुन सकेको छैन ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा हरियाली छायो । जीवन बीमा समूह आज सर्वाधिक अर्थात १.७९ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.२२ प्रतिशत, विकास बैंक ०.२१, होटल ०.४७, हाईड्रो ०.३९, लगानी ०.३०, उत्पादन तथा प्रशोधन ०.८३, लघुवित्त ०.१५, निर्जीवन बीमा ०.१९ र अन्य ०.३५ प्रतिशतले बढ्यो ।

आज फाइनान्स, म्युचुअल फण्ड र व्यापार समूह मात्रै घटे । यी समूहहरु आज क्रमशः ०.२८, ०.०२ र ०.८९ प्रतिशतले घटे ।

CG Motors
Garima Development Bank
IME remit

सर्वाधिक कारोबार हुने कम्पनी

आज आँखुखोला जलविद्युतको सर्वाधिक २८ करोड ६९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी ङादी ग्रुप पावरको २५ करोड ४७ लाख, एसवाई प्यानल नेपालको २३ करोड ४७ लाख, रिडी पावरको १४ करोड ८० लाख र बन्दीपुर केवलकारको १० करोड ४२ लाख बढीको सेयर कारोबार भएको छ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरूमध्ये तीनवटा कम्पनीको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ। आज सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र विन नेपाल लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यसैगरी सुपरमाई हाईड्रोपावरको सेयरमूल्य ९.१८ प्रतिशत, अपर लोहोरे खोलाको ४.१५ र नेशनल हाईड्रोपावरको सेयरमूल्य ३.८६ प्रतिशतले बढ्यो ।

हिमालयन पावर पाटर्नरको सेयरमूल्य सर्वाधिक ५.९८ प्रतिशतले घटेको छ। 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.