बिहीबार, फाल्गुन १४,२०८२ 04:24:15
Bizshala
  • बिहीबार, फाल्गुन १४,२०८२ 04:24:15
Bizshala
Global IME Bank Limited

आइएमई र साउदीको डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता

आइएमई र साउदीको डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता
Shivam Cement

काठमाण्डौ । नेपालको रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ । यहि माघ २७ मा साउदी अरबको राजधानी रियादमा सम्पन्न एक विशेष कार्यक्रमबिच सम्झौतामा आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लान ले हस्ताक्षर गरेका छन् । 

कार्यक्रममा साउदीको लागि  नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी , आइएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आइएमई र टिक्मोका उच्चाधिकारीहरुको उपस्थिति रहेको थियो । यो सम्झौता केवल एउटा कानुनी हस्ताक्षर मात्र नभएर दुई राष्ट्रको साझा डिजिटल भविष्यको रहेको दुवै पक्षको भनाइ रहेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साउदी अरब हाल आफ्नो भिजन २०३० मार्फत 'नगदरहित' समाजतर्फ लम्किरहेको छ। अर्कोतर्फ नेपालमा पनि डिजिटल वित्तीय पहुँच अब एउटा लक्ष्य मात्र नभई यथार्थ बन्दै गएको छ। यस्तो अवस्थामा रेमिट्यान्स क्षेत्रको विश्वसनीय नाम IME र प्रविधिमा आधारित डिजिटल इकोसिस्टम TIQMO बीचको सहकार्यले अरबको मरुभूमि र हिमालयको देश नेपालबीचको दूरीलाई थप कम गरेको जनाइएको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल र साउदी अरबको सम्बन्धलाई दशकौंदेखि केवल शारीरिक श्रम र परम्परागत रकम पठाउने माध्यमका रूपमा मात्र हेरिने गरिन्थ्यो तर यो साझेदारीले एउटा डिजिटल वित्तीय कोरिडोर (Digital Financial Corridor) निर्माण गरेको छ जसले  आर्थिक स्थिरता, डिजिटल सशक्तीकरण र सहज आबद्धतालाई प्रस्तुत गरेको छ जनाइएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.