आईतवार, जेष्ठ ३,२०८३ 09:29:33
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 09:29:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रतिनिधिसभा निर्वाचनका लागि २ लाख २१ हजार कर्मचारी खटाइने

Laxmi Sunrise Bank Limited
प्रतिनिधिसभा निर्वाचनका लागि २ लाख २१ हजार कर्मचारी खटाइने
Shivam Cement

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर २ लाख २१ हजार कर्मचारी परिचालन गरिने भएको छ। ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमा रहेका २३ हजार ११२ मतदान केन्द्र तथा समानुपातिकतर्फ मात्र मतदान हुने १४३ अस्थायी मतदान केन्द्रमा उक्त संख्यामा कर्मचारी खटाइने व्यवस्था मिलाइएको हो।

आयोगका अनुसार ५०० भन्दा बढी मतदाता रहेका मतदान केन्द्रमा ९ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइनेछन्। मतदान कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक जनशक्ति व्यवस्थापन गरिएको आयोगले जनाएको छ।

Bizshala
New Office
CG Motors

आयोगका अनुसार मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पूर्वप्रशिक्षण प्रदान गरिनेछ। उनीहरूलाई प्रशिक्षण दिएपछि सम्बन्धित केन्द्रमा खटिने अन्य कर्मचारीलाई मतदान अधिकृतले नै तालिम दिने व्यवस्था मिलाइएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

यसैबीच, निर्वाचन प्रयोजनका सामग्री तथा मतपत्र देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा बिहीबारसम्म पठाइसकिएको आयोगले जनाएको छ। आयोगले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भएको दाबी गरेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.