काठमाण्डौ । केही क्षेत्रका हवाई मार्ग बन्द भएपछि इमिरेट्स एयरलाइन्स र कतार एयरवेजले आफ्ना उडानहरू अस्थायी रूपमा रद्द गरेको घोषणा गरेका छन्।
इमिरेट्स एयरलाइन्सले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सूचनामा दुबई आउने–जाने सबै उडानहरू मंगलवार, ३ मार्च, अपराह्न ३ बजेर १५ मिजेट समयसम्म रोकिएको जनाइएको छ। कम्पनीले स्थिति लगातार परिवर्तनशील रहेको र यसको निरन्तर मूल्यांकन भइरहेको उल्लेख गरेको छ।
त्यसैगरी, कतार एयरवेजले कतारको हवाई क्षेत्र बन्द भएको कारण आफ्ना उडानहरू अस्थायी रूपमा निलम्बित गरिएको जनाएको छ। कम्पनीका अनुसार, कतार सिभिल एभिएसन अथोरिटीले हवाई क्षेत्र सुरक्षित रूपमा खोल्ने घोषणा गरेपछि मात्र उडानहरू पुनः सुरु गरिनेछन्।
यात्रुहरूलाई आवश्यक परेमा टिकट रद्द वा पुनः तालिका मिलाउने सुविधा उपलब्ध हुने जनाइएको छ ।

