बुधबार, फाल्गुन २०,२०८२ 09:29:20
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 09:29:20
Bizshala
Global IME Bank Limited

इरान–तनावपछि अवरुद्ध उडान पुनः सुरु, फ्लाई दुबईको जहाज आज राति काठमाडौं आइपुग्ने

Hyundai Nepal
इरान–तनावपछि अवरुद्ध उडान पुनः सुरु, फ्लाई दुबईको जहाज आज राति काठमाडौं आइपुग्ने
Shivam Cement

काठमाण्डौ । मध्यपूर्व क्षेत्रमा बढेको सैन्य तनावका कारण केही दिनदेखि अवरुद्ध बनेको दुबई–काठमाडौं हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को निजी हवाई सेवा प्रदायक फ्लाई दुबईले आज राति दुबई–काठमाडौं प्रत्यक्ष उडान गर्ने तयारी गरेको हो।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई कम्पनीले अग्रिम सूचना दिँदै आजको उडान तालिका पुष्टि गरेको जनाएको छ। विमान दुबईबाट स्थानीय समयअनुसार साँझ ५ः४५ बजे उड्नेछ भने काठमाडौंमा नेपाली समयअनुसार राति ११ः३० बजे अवतरण गर्ने तालिका रहेको छ।

काठमाडौं विमानस्थलका सर्भिस मेनेजर नरनारायण पकवानका अनुसार फ्लाई दुबईले दुबईबाट काठमाडौंसम्म प्रत्यक्ष उडान सञ्चालन गर्न लागेको हो। उनका अनुसार मध्यपूर्वमा विकसित भएको अस्थिर सुरक्षा परिस्थितिका कारण पछिल्ला केही दिनदेखि यो रुटका उडानहरू प्रभावित हुँदै आएका थिए।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

विशेषगरी इरानमाथि सैन्य आक्रमण सुरु भएपछि क्षेत्रीय हवाई सुरक्षालाई ध्यानमा राख्दै धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले मध्यपूर्वका आकाशमार्गहरू प्रयोग गर्ने उडान अस्थायी रूपमा स्थगित गरेका थिए। त्यसको प्रभाव दुबई–काठमाडौं जस्ता महत्वपूर्ण रुटहरूमा पनि परेको थियो।

फ्लाई दुबईको उडान पुनः सुरु भएसँगै यूएईमा कार्यरत नेपाली श्रमिक तथा यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। दुबई नेपालका लागि सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय गन्तव्यहरूमध्ये एक भएकाले त्यहाँबाट दैनिक ठूलो संख्यामा यात्रु आवत–जावत गर्ने गर्दछन्।

विमानस्थल अधिकारीहरूका अनुसार सुरक्षा अवस्था र अन्तर्राष्ट्रिय उडान मार्गहरूको स्थितिलाई निरन्तर मूल्यांकन गर्दै अन्य उडानहरू पनि क्रमशः सामान्य अवस्थामा फर्कने सम्भावना रहेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.