काठमाण्डौ । सिद्धार्थनगर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षसँग भेटवार्ता गरेको छ । विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमण गर्ने क्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघ, रुपन्देही, भैरहवाबाट अध्यक्ष ठाकुर श्रेष्ठको नेतृत्वमा आएको टोलीलाई आज नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले महासंघको सचिवालयमा स्वागत तथा सम्मान गरेका हुन् ।
उक्त अवसरमा अध्यक्ष श्री राजेन्द्र राउतले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पहिलो पटक प्रदेशको आर्थिक पाश्र्वचित्र प्रकाशन गरेको, कोशी प्रदेश भित्र रहेका सवै उद्योग वाणिज्य संघहरुको संस्थागत विकासका लागि सफटवेयर जडान गरेको, उद्योग वाणिज्य संघका कार्यालय प्रमुखहरुलाई अन्य प्रदेशमा सिकाई तथा अनुभव आदान प्रदान गर्न पठाएको लगायतका कुराहरु राखेका थिए ।
यसैगरी आर्थिक विकासका लागि जिल्ला नगर उद्योग वाणिज्य संघहरुको भूमिका महत्वपूर्ण हुने भएकोले जिल्ला स्तरबाट नै व्यवसायीहरुले आफ्ना समस्याहरुको आवाज उठाउनु पर्ने बताए । साथै, उद्योगी व्यवसायीहरुका वर्तमान समस्याहरुका वारेमा उल्लेख गर्दै भैरहवा र विराटनगरको समस्याहरु एउटै खालको भएको समेत उनले बताए ।
उक्त अवसरमा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले भ्रमणको उद्देश्य माथि प्रकाश पार्दै अन्य जिल्लामा भएका उद्योग वाणिज्य संघहरुको गतिविधि लगायत त्यस क्षेत्रको आर्थिक क्रियाकलापका वारेमा जानकारी लिने र आफ्नो जिल्लामा असल कुराहरु लागू गर्ने बताए । साथै, अहिलेको अवस्थामा उद्योगी व्यवसायीहरु एकजूट भएर अगाडी बढ्नु पर्ने समय भएको वताउंदै आगामी दिनमा जिल्लाका क्रियाकलापहरुएकआपसमा साटासाट गरि समस्या समाधानका लागि पहल गर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रमा भ्रमण टोलिमा आएका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य भिष्म न्यौपाने सहित २७ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महासंघका कार्य समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                