शनिबार, बैशाख १३,२०८२ 05:21:02
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 05:21:02
IME remit
Global IME Bank Limited

धितोपत्र ब्रोकर्श एशोसिएसनले आयोजना गरेको निबन्ध प्रतियोगिताको विजेता घोषणा,प्रथम हुनेले रु.५० हजार पाउने

Hyundai Nepal
धितोपत्र ब्रोकर्श एशोसिएसनले आयोजना गरेको निबन्ध प्रतियोगिताको विजेता घोषणा,प्रथम हुनेले रु.५० हजार पाउने
Nabil Bank Limited

काठमाण्डौ । विश्ववित्तिय सप्ताह २०२४ ९ग्लोबल मनि विक० को उपलक्ष्यमा धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान)ले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेताको घोषणा भएको छ । गत फागुन ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो । प्रतियोगितामा सहभागिताको अन्तिम दिन चैत्र ०७ गते साँझ ०५ बजे भित्र देशभरीबाट निबन्ध पठाई सहभागि भएका तथा प्रतियोगिताको नियमबमोजिम सामेल भएका ३२ जना प्रतियोगिहरुबाट बिजेता छनौट गरिएको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

"Initiatives in fostering financial literacy in Capital Market of Nepal"  विषयमाआयोजित सो निबन्ध प्रतियोगितामा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट किर्तिपुरमा अध्ययनरत विद्यार्थी कल्पना राजवंशी प्रथम भएकी छिन् । काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट ललितपुरमा अध्ययनरत विद्यार्थी प्रज्वल विक्रम थापा द्वितीय भएका छन् । मानसरोवर बहुमुखी क्याम्पस, हुम्लामा अध्ययनरत विद्यार्थी प्रदिप घर्ति क्षेत्री तेश्रो भएका छन् । प्रतियोगितामा विजेता हुने मध्ये प्रथमले रु. ५० हजार, द्वितीयले रु. २५ हजार र तृतीयले रु. १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले प्राप्त निबन्धहरुको अध्ययन तथा विजेता छनौट गर्नका लागि हरिप्रसाद वाग्ले, विष्ण कुमार गिरी र सन्दिप राणा सहितगठन गरेको ३ सदस्यीय मुल्यांकन समितिले प्राप्त निवेदनहरु माथि विषयवस्तुको प्रस्तुति, त्यसको ब्याख्या, भाषा र विषयवस्तुको कभरेजको आधारमा मुल्यांकन गरी बिजेताको छनौट गरेको डिब्याजले जनाएको छ ।

विजेताहरुलाई धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले एक कार्यक्रम आयोजना गरी पुरस्कार रकम हस्तान्तरण गर्ने जनाएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.