सोमबार, चैत्र २,२०८२ 09:55:11
Bizshala
  • सोमबार, चैत्र २,२०८२ 09:55:11
Bizshala
Global IME Bank Limited

अभावको मौका छोपी कालोबजारी: श्रीराम ग्यास उद्योगले ६ हजारभन्दा बढी सिलिन्डर लुकाएको फेला

Hyundai Nepal
अभावको मौका छोपी कालोबजारी: श्रीराम ग्यास उद्योगले ६ हजारभन्दा बढी सिलिन्डर लुकाएको फेला
Shivam Cement

काठमाण्डौ । बजारमा खाना पकाउने ग्यासको अभाव चर्किँदै जाँदा उपभोक्ताहरूले घण्टौं लाइन बसेर पनि ग्यास नपाउने अवस्था सिर्जना भएको छ। यस्तै अभावको मौका छोपी कालोबजारी गर्ने क्रम बढ्दै गएको छ। यसै क्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर राखेको फेला पारेको छ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

ललितपुरको हरिसिद्धिमा रहेको श्रीराम ग्यास उद्योगले ६ हजारभन्दा बढी ग्यास सिलिन्डर गोप्य रूपमा लुकाएर राखेको पाइएको छ। भारतबाट नियमित आपूर्ति भइरहे पनि बजारमा अभाव देखाउन र कालोबजारी गर्न यस्तो कार्य गरिएको विभागको अनुमान छ। विभाग र नेपाल आयल निगमको संयुक्त टोलीले सोमबार गरेको छापामार अनुगमनमा यो तथ्य बाहिर आएको हो।

उपभोक्तालाई ग्यास नदिएर स्टकमा राखेर कालोबजारी गर्ने उद्योगलाई विभागले ३ लाख रुपैयाँ जरिवाना तोकेको छ। अभावको समयमा यस्ता गतिविधिले सर्वसाधारणको भान्सामा प्रत्यक्ष असर परिरहेको छ भने कालोबजारी गर्नेहरूले अवैध नाफा कमाइरहेका छन्।

यसैगरी विभागले अन्य केही स्टोरहरूलाई पनि कारबाही गरेको छ। बडि मालिका खाद्यान्न भण्डारलाई १५ हजार रुपैयाँ र दुवाडी स्टोर एण्ड मल्टी ट्रेडलाई ५ हजार रुपैयाँ जरिवाना लगाइएको छ। अन्य १८ वटा खाद्य तथा किराना पसलहरूलाई भने चेतावनी दिइएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अभाव र कालोबजारीको यो शृंखला रोक्न विभागले बजार अनुगमनलाई अझ कडा बनाउने बताए पनि उपभोक्ताहरूले भने यस्ता घटनाले नियमन निकायको प्रभावकारिता माथि प्रश्न उठाइरहेका छन्। अभावको बेला यस्ता कालोबजारी रोक्न सरकारी निकायहरूको सक्रियता बढाउनुपर्ने आवश्यकता देखिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.