काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनि टक्स’भन्ने नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत चैत्र २ गते देखि देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम आरम्भ गरेको छ ।
बैंकले ‘स्मार्ट मनि टक्स’ भन्ने विषयमा केन्द्रित भई सुक्ष्म, साना र मझौला उद्यम व्यवासाय गर्ने ४७ जना व्यवासायीहरुलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रकृया तथा कागजात सम्बन्धी विषयको जानकारी गराएको छ ।
साथै वित्तीय संस्थाबाट वित्तपोषणको लागि आवश्यक योग्यताहरुको बारेमा समेत जानकारी गराई व्यवसायीहरुलाई वित्तीय सहजता हुने अपेक्षा गरी होटल अनुत्तरा, बौद्धमा एक दिने ‘अकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम सञ्चालन गरिएको छ ।
यस बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

