बुधबार, चैत्र ४,२०८२ 05:37:06
Bizshala
  • बुधबार, चैत्र ४,२०८२ 05:37:06
Bizshala
Global IME Bank Limited

निजी क्षेत्रलाई रविको स्पष्ट सन्देश: “लगानी डूब्छ कि भनेर पीर नगर्नू, नीतिले संरक्षण गर्छ”

दुईतिहाइ जनमतपछि रास्वपा सरकारको प्राथमिकता: नीति सुधार, स्थिर अर्थतन्त्र र लगानीमैत्री वातावरण

Hyundai Nepal
निजी क्षेत्रलाई रविको स्पष्ट सन्देश: “लगानी डूब्छ कि भनेर पीर नगर्नू, नीतिले संरक्षण गर्छ”
Shivam Cement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले निजी क्षेत्र, लगानीकर्ता र अन्तर्राष्ट्रिय समुदायलाई लक्षित गर्दै नेपालमा लगानी सुरक्षित हुने स्पष्ट सन्देश दिएका छन्।

बुधबार पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै उनले मुलुकमा नीतिगत स्थायित्व कायम गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने सरकारको प्राथमिकता रहने बताएका हुन्।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

लामिछानेले निजी क्षेत्रलाई आश्वस्त पार्दै भने, “तपाईंहरू विचलित नहुनुहोस्, निर्धक्कसँग काम गर्न सक्ने वातावरण हामी बनाउँछौँ।” उनले लगानीको सुरक्षालाई व्यक्ति वा पार्टीसँग नभई राज्यको नीतिसँग जोड्दै “तपाईंलाई कुनै अमुक नेता वा पार्टीले होइन, देशको ‘नीति’ ले संरक्षण गर्नेछ” भन्ने धारणा राखे।

उनले विदेशमा रहेका नेपालीलाई स्वदेशमा लगानी गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय लगानीकर्तालाई पनि नेपाल सुरक्षित गन्तव्य भएको बताएका छन्। “नेपाल लगानीका लागि सुरक्षित छ,” उनले भने।

अर्थतन्त्र सुधारका लागि कानुनी तथा संरचनागत अवरोध हटाउने संकेत गर्दै लामिछानेले सांसदहरूलाई ‘स्टन्ट’ होइन, प्रणाली सुधारमा केन्द्रित हुन निर्देशन दिएका छन्। “कुन धाराले कहाँ अड्काएको छ भन्ने तपाईंलाई थाहा हुनुपर्छ,” उनले भने।

उनले मुलुकमा बिचौलियाको प्रभावलाई अर्थतन्त्रको प्रमुख समस्या भन्दै त्यस्तो प्रवृत्तिबाट टाढा रहन सांसदहरूलाई चेतावनी दिए। नीतिगत निर्णयमा पारदर्शिता र स्वच्छ प्रणालीमार्फत आर्थिक गतिविधि सञ्चालन गरिने उनको भनाइ छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

रविको आश्वासनले नेपालको अर्थतन्त्रमा नयाँ लगानी भित्र्याउने र विदेशी तथा स्वदेशी निजी क्षेत्रको मनोबल बढाउने संकेत गरेको छ । लामिछानेले थप भने, “मुलुक नयाँ मान्छेको हातमा गयो... सुशासनमा नयाँ मानक स्थापना हुनेछ र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लिएर जान अहोरात्र काम गर्नेछौँ ।”

उनले कानुन निर्माणलाई मुख्य जिम्मेवारी बनाउँदै घर-घरमा पानी, बिजुली र इन्टरनेट पुर्‍याउने र सरकारी सेवालाई चुस्त बनाउने कुरा पनि जोडेका छन् । यी सबै कदमले लगानीमैत्री वातावरण तयार पार्ने र निजी क्षेत्रको संरक्षण गर्ने स्पष्ट सन्देश दिएका छन् ।

लामिछानेले सांसदहरूलाई समेत चेतावनी दिएका छन्– वैदेशिक सम्बन्ध वा अर्थतन्त्रमा असर पर्ने हल्का अभिव्यक्ति नदिन । “तपाईंले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्ध वा अर्थतन्त्रमा के प्रभाव पारेको छ भन्ने याद नगरी हल्काफुल्का रूपमा उभिनुभयो भने त्यसले देशलाई दीर्घकालीन असर गर्न सक्छ,” उनले भने ।

रास्वपाको यो निर्देशनले लगानीकर्ता, उद्योगी-व्यवसायी र डायस्पोरालाई सकारात्मक सन्देश दिएको छ । बिचौलियाको प्रभाव हटाउने, नीतिगत स्थिरता कायम गर्ने र आर्थिक समृद्धिलाई प्राथमिकता दिने प्रतिबद्धताले नेपाललाई लगानीका लागि आकर्षक गन्तव्य बनाउने विश्वास उत्पन्न भएको छ ।

लामिछानेले सुशासनमार्फत आर्थिक समृद्धि हासिल गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै सरकार नयाँ मानक स्थापित गर्ने दाबी गरे। “मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान अहोरात्र काम गर्नेछौँ,” उनले भने।

रास्वपाले हालै सम्पन्न निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत हासिल गरेपछि आएको यो सन्देशलाई लगानीकर्ता र निजी क्षेत्रका लागि महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.