शुक्रबार, असार १९,२०८३ 06:59:08
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 06:59:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२७औँ फ्लोरा एक्स्पोमा दुई दिनमै रु.५१ लाखभन्दा बढी कारोबार, २७ हजार अवलोकनकर्ताले गरे अवलोकन

Laxmi Sunrise Bank Limited
२७औँ फ्लोरा एक्स्पोमा दुई दिनमै रु.५१ लाखभन्दा बढी कारोबार, २७ हजार अवलोकनकर्ताले गरे अवलोकन

काठमाडौं  । काठमाडौंको भृकुटीमण्डपमा जारी २७औँ फ्लोरा एक्स्पोमा दर्शकको उल्लेखनीय सहभागिता देखिएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ चैत ८ गतेसम्म मेला सञ्चालन हुनेछ । चैत ५ गते (बिहीबार) देखि सुरु भएको मेलाको पहिलो दिन ९ हजार ५०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको फ्लोरीकल्चर एसोसिएसन नेपाल(फ्यान) का कोषाध्यक्ष राजकृष्ण बजगाईंले जानकारी दिए ।

New Office
CG Motors
Garima Development Bank

दोस्रो दिन शुक्रबार १७ हजार ५०० दर्शकले मेला अवलोकन गरेका छन् भने २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको कोषाध्यक्ष बजगाईंले जानकारी दिए । 

यससँगै दुई दिनमा कुल २७ हजार दर्शकले मेला अवलोकन गरेका छन् भने कारोबार ५१ लाख रुपैयाँभन्दा बढी पुगेको छ।एक्स्पोमा व्यवसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फूड २, ल्याण्डस्केप १, सेल्फी १ र बीवाईडी ईभी कारको १ स्टल गरी कुल ८३ वटा स्टल रहेका छन्। 

मेलामा सहभागी पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धा गराइने मेलाका संयोजक रामबहादुर तामाङ (सुनिल)ले बताए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस वर्षको एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने र एक करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संयोजक तामाङले बताए । साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत (चैत ६ गते) आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रमसमेत आयोजना भएको लायन्स क्लब अफ काठमाडौं ग्लोबल फ्लोरिकल्चरका अध्यक्ष सीताराम लामिछानेले बताए  । 

लायन्स क्लब अफ काठमाडौँ ग्लोबल फ्लोरिकल्चरले विगतमा पनि रक्तदान कार्यक्रम, निशुल्क पिउने पानी वितरण गर्दै आएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.