काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
सिदार्थ बैंक, नेपाल एसबिआई बैंक, साना किसान विकास लघुवित्त, नेशनल लाइफ इन्स्योरेन्स, कालिन्चोक दर्शन लिमिटेड र माउन्टेन इनर्जी नेपालको बोनस सेयर आज सूचीकृत भएको हो ।
सिद्धार्थ बैंकको ५ प्रतिशत दरको कुल ७० लाख ४४ हजार ९९० कित्ता र नेपाल एसबिआई बैंक लिमिटेडको ४ प्रतिशत दरको कुल ४३ लाखख ५९ हजार ६६३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत दरको कुल ६१ लाख ४५ हजार ४८५ कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत दरको कुल २१ लाख ८९ हजार ९५ कित्ता, कालिन्चोक दर्शनको ५ प्रतिशत दरको कुल ३ लाख कित्ता र माउन्टेन इनर्जीको २० प्रतिशत दरको कुल ५२ लाख ५ हजार ४३१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

