Bizshala
  • आईतवार, चैत्र १५,२०८२ 06:51:19
Bizshala
Global IME Bank Limited

वैदेशिक रोजगारीमा गएकाले कालंगा हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन

Hyundai Nepal
वैदेशिक रोजगारीमा गएकाले कालंगा हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आजदेखि आईपीओ निष्कासन तथा  बिक्री खुल्ला गर्दैछ । कम्पनीले चैत १० गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको आइपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आजसम्म मात्रै आवेदन दिन सक्नेछन् ।  

कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले ४९ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये सर्वसाधारणतर्फ छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुल्ला गरिएको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयरमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध हुनेछ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.