आईतवार, असार १,२०८२ 10:09:00
  • आईतवार, असार १,२०८२ 10:09:00
Global IME Bank Limited

यी हुन् पाकिस्तानका सबैभन्दा धनी व्यक्ति, कति छ सम्पत्ति ?

Hyundai Nepal
यी हुन् पाकिस्तानका सबैभन्दा धनी व्यक्ति, कति छ सम्पत्ति ?
Nabil Bank Limited

काठमाण्डौ । आर्थिक तथा राजनीतिक उतारचढावको लामो अन्तरालपछि पाकिस्तानमा हालै मात्रै निर्वाचन सम्पन्न भएको छ । कोरोना महामारीपश्चात पाकिस्तानको अर्थव्यवस्था संकटबाट गुज्रदै आईरहेको छ । यहि गरिबी र संकटका बीच पनि केहि पाकिस्तानी नागरिक भने सफल भएका छन् । ती मध्ये मिया मोहम्मद मंशा एक हुन् । मंशालाई पाकिस्तानको मुकेश अम्बानी पनि भन्ने गरिन्छ ।  

मिया मोहम्मद मंशा चिरपरिचित बिजिनेश टाइकुन र पाकिस्तानका सबैभन्दा धनी व्यक्ति मध्ये एक हुन् । उनको जन्म सन् १९४१ मा पजांब राज्यको चिनियटमा भएको थियो । मंशाको टेक्टाइल उद्योगको पुर्ख्यौली कारोबार छ । उनको निशात ग्रुप बैंकिङ,रियल ईस्टेट,कपडा,विद्युत उत्पादन र सिमेन्ट उत्पादनमा स्वामित्व भएको विविधिकृत समूह छ ।  

उनी यो समूहको संस्थापक तथा सीईओ हुन् । रिपोर्टका अनुसार मंशाको कुल सम्पत्ति ५ अर्ब डलर छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मंशाले लण्डनबाट ग्रेजुएशन गरेका थिए । उनका बुवा कपास मिलका मालिक थिए । उनले बुवाको सोहि मिललाई अर्बौ डलरको कारोबारका रुपमा स्थापित गरे । उनी टेक्सटाइल मिल्सका मालिक हुन् । यसका साथै,उनको कारोबार सिमेन्ट,विद्युत,बैंकिङ र बीमा क्षेत्रमा समेत फैलिएको छ । मंशा पहिलोपटक सन् २००५ मा पाकिस्तानको सबैभन्दा धनी व्यक्ति बनेका थिए । फोब्र्स २०१० को सूचीमा उनी विश्वको धनाढ्यको सूचीमा ९३७ औं स्थानमा थिए ।  

मंशाले सन् २००८ मा एमसीबी बैंक र मलेशियाको मे बैंकमा लगानी गरेका थिए । मंशा र उनको परिवार पाकिस्तानको सबैभन्दा ठूलो करदाता हुन् । उनीसँग लण्डनसहित विश्वका अन्य देशहरुमा समेत सम्पत्ति छ । मंशाका पूर्वज कोलकत्ताबाट भारत विभाजनपछि पाकिस्तानको पंजाबमा पलायन भएका थिए ।  

मंशा आफ्नो धार्मिक गतिविधिका लागि पनि परिचित छन् । उनले पाकिस्तानको सामाजिक विकास तथा आर्थिक सहयोगका विषयमा महतवपूर्ण योगदान दिएका छन् । -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.