आईतवार, श्रावण ११,२०८२ 04:50:56
  • आईतवार, श्रावण ११,२०८२ 04:50:56
Global IME Bank Limited

निजी क्षेत्र पंखेटा फिजाएर थप आर्जन गर्न खोजिरहेको छ,तर सेवा र सुरक्षा पाउन सकेको छैनः अध्यक्ष ढकाल

Hyundai Nepal
निजी क्षेत्र पंखेटा फिजाएर थप आर्जन गर्न खोजिरहेको छ,तर सेवा र सुरक्षा पाउन सकेको छैनः अध्यक्ष ढकाल
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले थप आर्जन गर्न खोजिरहेको तर त्यसका लागि आवश्यक सेवा तथा सुरक्षा पाउन नसेको बताएका छन् । बुधबार काठमाण्डौमा आयोजित महासंघको ५८ औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।  

‘मुलुकको खर्च धान्ने निजी क्षेत्र पंखेटा फिजाएर थप आर्जन गर्न खोजिरहेको छ, तर त्यसका लागि आवश्यक सेवा र सुरक्षा  पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै  मात्र भए पनि प्रोत्साहन चाहेको छ ।’ उनले भने ।  

उद्योगी व्यवसायीहरुले ठूलो मेहतन गरेर सुरु गरेको व्यवसाय सरकारको नीतिले गर्दा धरासायी हुने गरेको अध्यक्ष ढकाले बताए । ढकाले भने,‘ ठूलो मिहिनेत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुंग पारिदिन सक्छ ।

तर यति हुँदा हुँदै पनि म  आज यहाँ  निराशामात्र व्यक्त गर्न चाहन्न ।  म यो सम्भावना नै सम्भावना भएको मुलुकको रुपमा देख्छु ।’  

देशको वर्तमान आर्थिक अवस्था बारे ढकाले भने,‘अहिले विदेशी मुद्राको संचिति हालसम्मकै उच्च छ । अर्थात करिब साढे १२ महिनाको वस्तु  तथा  सेवा  आयात  गर्न  पर्याप्त  छ  । बैंकहरुमा  पनि  तत्काल  कर्जाका  रुपमा  दिन सकिने  करिब ६ खर्ब  रुपैया छ । उद्यमी  व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्यून छ । भुक्तानी सन्तुलन र चालु खाता समेत बचतमा हुँदा सकारात्मक सन्देश जान्छ । तर यस  अवधिमा  एक  खर्ब  रुपैयाको  निर्यात  हुँदा  ८० अर्ब  रुपैया  त  विद्यार्थीहरु  विदेश जाँदा  बाहिरिएको  छ  ।  नेपाल विश्व व्यापार संगठनको सदस्य बने यता निर्यात तीन गुणासम्म बढेको छ भने आयात १० गुणा बढेको छ ।’

ढकाले आन्तरिक स्रोत बढाउन नसके अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढने सम्भावना रहेको औल्याए । ‘निर्यात लगानी, सहायता सबै कम हुँदा पनि वाह्य क्षेत्र सबल हुनुको कारण रेमिट्यान्स हो । रेमिट्यान्स मात्रै मुलुक धान्न आधार बनेको दशकौँ भैसकेको त हामीलाई विदितै छ । रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्युन हुन्छ ।  विगतमा  बढदो  रेमिट्यान्सले  माग  बढाउँदा  सरकारको  राजश्व  पनि  बढेको  थियो  । राजश्व अपेक्षित रुपमा बढन सकेको छैन् । न्युन पूँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने देखिन्छ ।’ उनले भने ।  

ढकाले नेपालको अर्थतन्त्र कमजोर हुनुमा वाह्य भन्दा आन्तरिक कारण नै प्रमुख रहेको बताए । उनले कुनै  समयका  द्धन्दग्रस्त  र  निक्कै  गरिब मुलुकहरुको पछिल्लो एक दशकको औसत वृद्धिदर ६ प्रतिशत रहेको तर नेपालको भने औसत ४ प्रतिशत मात्रै रहेको बताए । पछिल्लो  २ वर्षमा  न्यून आर्थिक  वृद्धि हुनुमा    निजी क्षेत्रले काम गर्ने वातावरण नपाउनु मुख्य कारण रहेको उनले दाबी गरे ।   

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.