आईतवार, जेष्ठ ३,२०८३ 09:26:07
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 09:26:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

संविधान संशोधन तयारी तीव्र, विज्ञहरूसँग आज निर्णायक छलफल

Laxmi Sunrise Bank Limited
संविधान संशोधन तयारी तीव्र, विज्ञहरूसँग आज निर्णायक छलफल
Shivam Cement

काठमाण्डौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले आज विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ।

कार्यदलले संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्र मामिला विशेषज्ञ तथा पूर्वप्रशासकहरूसँग परामर्श गर्दै संशोधनका सम्भावित विषयमा सुझाव संकलन गर्नेछ।

Bizshala
New Office
CG Motors

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा बनेको उक्त कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म परामर्श बैठक सञ्चालन गर्ने जनाएको छ।

कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीका अनुसार छलफलमा सहभागी विज्ञहरूबाट प्राप्त अनुभव र सुझावलाई संविधान संशोधनसम्बन्धी बहसपत्रमा समावेश गरिनेछ। 

 

Garima Development Bank
Shivam Cement
IME remit

उनले यसलाई नीतिगत तयारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रक्रिया भएको बताए।

यसअघि गत वैशाख १० गते बसेको कार्यदल बैठकले पूर्वउच्चपदस्थ अधिकारी, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग विस्तृत परामर्श गर्ने निर्णय गरेको थियो।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.